नियम ३६
मूल नियमावलीको नियम ५९ मा संशोधन

मूल नियमावलीको नियम ५९ को,–

(१) उपनियम (१) पछि देहायका उपनियम (१क) र (१ख) थपिएका छन् ः–

“(१क) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले
चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिना सम्म वेतलवी प्रसूति बिदा लिन क्नेछन् ।
तर उपनियम (१) र (१क) बमोजिमको बिदा लगातार रुपमा लिनु पर्नेछ ।
(१ख) उपनियम (१क) बमोजिम वेतलवी बिदामा बसेको अवधि नोकरी अवधिमा
जोडिने छ ।”

(२) उपनियम (३) पछि देहायको उपनियम (३क) थपिएको छ ः–
“(३क) प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका निजामती कर्मचारीलाई
बच्चाको स्याहारको निमित्त ऐनको दफा ३२ को उपदफा (३) बमोजिम बढीमा दुई वटा
बच्चाको लागि जनही एकमुष्ट पाँचहजार रुपैयाँ शिशु स्याहार भत्ता दिईनेछ ।”